दुर्घटनामा एकको मृत्यु

कात्तिक २२, सिरहा ।
जिल्लाको गोलबजार नगरपालिकामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

उक्त नगरपालिकाको वडा नं. ९ चोहर्वास्थित सडकमा ना५ख ७५९६ नम्बरको ट्रकले प्रदेश ३–०१–०१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

जसमा मोटरसाइकलमा सवार झापा शनिश्चरे घर भएका ५० वर्षिया आशा श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएपछि उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको छ ।