कात्तिक २२, मकवानपुर ।
जिल्लाको उत्तरी दुर्गम क्षेत्र कैलाश गाउँपालिकाले आफ्नो स्थानीय सरकार सञ्चालन तथा व्यस्थापनका लागि ३१ वटा कानून बनाएको छ ।
तीन वर्षमा निर्माण गरिएको ३१ वटै कानून कार्यावन्यनमा आइसकेका छन् । गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानका अनुसार प्रशासकीय कार्यविधि ऐन २०७५, कार्यसम्पादन नियमावली २०७४, कार्यविधि नियमावली २०७४, राजपत्र प्रकाशन नियमावली २०७५ बनाइएको छ ।
त्यस्तै कर तथा गैह्रकर राजश्व लगाउने र उठाउने सम्बन्धमा बनेको ऐन, विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन गर्न बनेको ऐनसमेत निर्माण गरेर कार्यान्वयमा ल्याइएको छ ।
स्वास्थ्य सेवा, न्यायिक समिति कार्यविधि पूर्वाधार विकाससम्बन्धी, कैलाश गाउँपालिका सेवा, पूर्वाधार व्यवस्थापन, सहकारी, कृषि यान्त्रिकरण कार्यविधि, उपभोक्ता समिति सञ्चालन निर्देशिका, गुनासो सम्बोधन तथा व्यवस्थापन कार्यविधि, ज्येष्ठ नागरिक कार्यविधि, कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना तथा व्यवस्थापन कार्यविधि ऐनलगायतका ऐन पनि कार्यावन्वयनमा ल्याइएको अध्यक्ष मोक्तनले बताए ।
उनले विकास निर्माणको काम पारदर्शी तथा जनताको काम ऐन कानूनको परिधिमा रहेर छिटो छरितो रुपमा भइरहेको बताएका छन् । (रासस)







