चितवन बारको अध्यक्षमा अधिकारी

कात्तिक २२, चितवन ।
चितवन जिल्ला अदालत बार एशोेसिएसनको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाको परिणाम अनुसार प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठन (पिएलए) का उमेदवार अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्दी नेपाल प्रजातान्त्रिक कानून व्यवसायी सङ्घ (डिएलए) का डा. हरिहर पोख्रेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनले १ सय ७ मत प्राप्त गरेका छन् भने पोखरेलले ८० मत ल्याएका छन् ।

एशोेसिएसनको उपाध्यक्षमा मुन्नाविक्रम खाती निर्वाचित भए । उनले आफ्ना निकटतम प्रतिद्वन्दी पिएलएका रामचन्द्र देवकोटालाई पराजित गरेक हुन् । डिएलएका खातीले ९६ मत ल्याउँदा देवकोटाले ८२ मत प्राप्त गरे ।

यसैगरी सचिवमा पिएलएका उमेदवार विनोद मिश्र विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी डिएलएका श्रीराम दवाडीले ८२ मत ल्याए । जबकी उनले ९९ मत प्राप्त गरे ।

कोषाध्यक्षमा भने बद्रीनाथ पण्डित र सहसचिवमा शोभा भट्टराई निर्वाचित भएका छन् । एशोसियसनको २१ औँ जिल्ला अधिवेशनले दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । (रासस)