कोरोना : विश्वभर अहिलेसम्मकै धेरै एकैदिन ६ लाख १६ हजार भन्दा बढी संक्रमित

एकैदिन विश्वमा ९ हजार २५ जनाको संक्रमितले ज्यान गुमाए

कात्तिक, २२ काठमाडौं । वल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर ६ लाख १६ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उक्त संख्या विश्वभरमा अहिलेसम्मकै धेरैमा पुष्टि भएको हो । त्यस्तै एकैदिन विश्वमा ९ हजार २५ जनाको संक्रमितले ज्यान गुमाएका छन् ।

अमेरिकामा एकैदिन १ लाख २५ हजार ८ सय २२ जनामा संक्रमण देखिएको छ भने ११ सय ९४ जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै भारतमा एकैदिन ४९ हजार ७ सय ३९ जनामा संक्रमण देखिएको छ भने ५ सय ७६ जना संक्रमितको मृत्यु भएको छ ।