कोरोना : विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड नाघ्यो

१२ लाख ५५ हजार ५ सय १६ जना संक्रमितको मृत्यु


कात्तिक, २३ काठमाडौं । वल्डोमिटर्सको तथ्याङक अनुसार विश्वभर कोरोनाबाट संक्रमण हुनेको संख्या पाँच करोड १४ लाख ६ हजार ३ सय २५ पुगेको छ ।

त्यस्तै विश्वमा कोरोना संक्रमणको कारण १२ लाख ५५ हजार ५ सय १६ जना संक्रमितको ज्यान गएको छ ।

त्यस्तै, विश्वमा तीन करोड ५५ लाख २४ हजार ६ सय ५२ जना संक्रमित उपचारपछि निको भएका छन् ।