देशभर बितेका २४ घण्टामा २५७१ जना कोरोना संक्रमित थपिए, उपत्यकामा आज १४२८ जना संक्रमित थपिए

देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १७४

कात्तिक, २४ काठमाडौं । पछिल्लो विवरण अनुसार बितेका पछिल्लो २४ घण्टाको अवधिमा थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ७९८ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ५९ हजार ७२४ रहेको छ । कोरोना संक्रमण मुक्त हुनेको दर नेपालमा ८१ प्रतिशत रहेको छ ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ९६७ रहेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा आज १ हजार ४२८ जना संक्रमित थपिएका छन् । जसमध्ये ६३० महिला र ७९८ जना पुरुष संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा ११ हजार १७७ वटा पीसीआर परीक्षण भएका छन् ।