पटका बरामद

कात्तिक २५, नवलपरासी ।
भारतबाट अवैधरूपमा ल्याइएको बिनाबिलको अबिरजन्य पदार्थ र पटका नवलपुर प्रहरीले बरामद गरेको छ ।

विनयीत्रिवेणी गाउँपालिका–२ दाउन्ने बजारस्थितमा प्रहरी चौकी दाउन्नेबाट खटिएको जाँच टोलीले सवारी जाँच गर्ने क्रममा बिनाबिलको अबिरजन्य पदार्थ १६६ किलोग्राम, रकेटबम पटका २९० थान, झिरझिरे पटका दुई हजार ३० थान, चङ्गेबम पटका ९० थान बरामद भएको हो ।

साथै सानोपटका ९५० थान र चक्की भुइँचम्पा १९० थान बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका सूचना अधिकारी विशाल तामाङले जानकारी दिए । (रासस)