थप २७३६ सङ्क्रमित, ८५३ निको

निको हुने दर ८० प्रतिशत

कात्तिक, २५ काठमाडौं । पछिल्लो २४ घन्टामा दुई हजार सात ३६ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ६९० जनाको पिसिआर परीक्षण गर्दा एक हजार ५९ महिला र एक हजार ६७७ पुरुषमा सङ्क्रमण देखिएको हो ।

नयाँ सङ्क्रमितसंगै नेपालमा अहिलेसम्म एक लाख ९९ हजार ७६० जना पुगेको छ । तीमध्ये ३४ प्रतिशत अर्थात ६६ हजार ९४५ जना महिला र ६६ प्रतिशत अर्थात एक लाख ३२ हजार ८१५ जना पुरुष रहेका छन् ।

आज देखिएकामा प्रदेश नंं १ का २५३ जना, प्रदेश नंं २ का ९८ जना, वागमति प्रदेशका एक हजार ७८८ जना, गण्डकी प्रदेशका २०९ जना, लुम्विनी प्रदेशका २७९ जना, कर्णाली प्रदेशका १३ जना र सूदुरपश्चिम प्रदेशका ९६ जना रहेका छन् । अहिलेसम्म सक्रिय सङ्क्रमित ३८ हजार ३५ जना रहेका छन् ।

निको हुने दर ८० प्रतिशत

आजको सो विवरणमा आठ सय ५३ जना आज सङ्क्रमणबाट निको भइ घर फर्किसकेका छन । अहिलेसम्म एक लाख ६० हजार ५७७ जना निको भइर घर फर्किका छन । नेपालमा निको हुने दर ८० प्रतिशत रहेको छ । यस्तै उपत्यकामा आज एक हजार ४२० जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये ६०३ जना महिला र ८१७ जना पुरुष रहेका छन ।