ट्रकको ठक्करले तीन जनाको मृत्यु

कात्तिक २६, दाङ ।
जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ ।

ना६ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो । मंगलबार राति रा५प ६७४४ नम्बरको मोटरसाइकललाई उक्त ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भालुबाङले दिएको जानकारी अनुसार दुर्घटनामा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहा, राप्ती गाउँपालिका–२ का १८ वर्षीय कसम पुन र राप्ती गाउँपालिका–८ पिपरीका १८ वर्षीय दिनेश घर्तीको मृत्यु भएको छ ।

शवलाई लमही अस्पतालमा राखिएको छ ।