बामदेवविरुद्ध परेको रिटको सुनुवाई आज

कात्तिक, २६ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य बामदेव गौतमलाई अदालतमा गरिएको रिटविरुद्धको सुनुवाई आज हुँदैछ ।

गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयन र उनलाई मन्त्री नबनाइयोस् भनी सर्वोच्च अदालतमा गरिएको रिटविरुद्ध आज सुनुवाइ हुने भएको हो । असोज १६ देखि हेर्दाहेर्दै रहेको मुद्दा करिब एक महिनापछि पेशी तोकिएको हो।

सवैधानिक इजलाशमा हेर्दाहेर्दै रहेको गौतमको मुद्दा बुधबार पेशी तोकिएको छ।

न्यायाधीश तथा अदालतमा कार्यरत केही कर्मचारीहरुमा कोरोना भएको लगायतका कारण सो रिटमाथिको सुनुवाइ केहि दिनदेखि सरिरहेको थियो।

गौतमका तर्फबाट केही अधिवक्ता र निवेदकहरुले जवाफ दिन बाँकी रहेको छ। उनीहरुको जवाफपछि संवैधानिक इजलाशले आफ्नो निर्णय सुनाउने छ।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा बर्दियाबाट पराजित गौतमलाई सरकारको सिफारिशमा राष्ट्रपतिबाट असोज १ गते सांसद मनोनित गरिएको थियो।