कोरोना : विश्वमा संक्रमितको संख्या ५ करोड १७ लाख नाघ्यो, १२ लाख ७८ हजार बढीको मृत्यु

कात्तिक, २६ काठमाडौं । वल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड १७ लाख नाघेको छ ।

विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड १७ लाख ८९ हजार ४२ पुगेको वल्डोमिटसैले जनाएको छ ।

त्यस्तै विश्वमा कोरोना संक्रमणको कारण १२ लाख ७८ हजार ४ सय ४९ जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै तीन करोड ६३ लाख ६१ हजार ९ सय ६९ जना संक्रमित उपचारपछि निको भएका छन् ।

सबै भन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् । जहाँएक करोड ५ लाख ५७ हजार ३७ जनामा संक्रमण देखिएको छ ।