गोली हानी सुतिरहेकी किशोरीको हत्या

कात्तिक २७, रौतहट ।
जिल्लाको लौकाहामा गोली हानी किशोरीको हत्या गरिएको छ ।

बुधबार राति साढे ११ बजेतिर सुतिरहेको अवस्थामा १७ वर्षीया अमृता साहको हत्या भएको प्रहरीले जनाएको छ ।

घटना अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थल पुगेको रौतहटका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

प्रहरीका अनुसार २०७६ फागुनमा सर्लाहीको मधुवनगोठ निवासी रुपेश साहसँग विवाह गरेकी ती किशोरीले गत असारमा मात्र सम्बन्धविच्छेद गरेकी थिइन् ।