कात्तिक, २७ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १९१३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ३४९ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ । अहिलेसम्म १५ लाख ८४ हजार ३१७ वटा पीसीआर नमूना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ९७४ रहेको छ ।







