मन्त्रीपरिषद्को निर्णय : सिमानाका मंसिर ३० सम्म बन्द रहने

कात्तिक, २७ काठमाडौं । सरकारले कोरोना संक्रमणको थप जोखिमलाई कम गर्न सिमानाकामाथि लगाएको प्रतिबन्ध एक महिना थप गर्दै मंसिर ३० गतेसम्म पुर्‍याएको छ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्‍चारमन्त्री पार्वत गुरुङले सिमा नाका प्रतिबन्ध बढाएको जानकारी गराएका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मंसिर ३० सम्म अन्तर्राष्ट्रिय सिमानाका बन्द जारी राख्ने निर्णय गरेको हो।

सरकारले यसअघि कात्तिक ३० गतेसम्म सिमानाकामा प्रतिबन्ध लगाएको थियो।

भारतसँग अहिले १० वटा प्रमुख नाकामा मात्रै आवत जावत कायम छ। त्यस बाहेकका नाकामा कडाइ यथावत राखिएको उनले बताए।