कात्तिक, २७ काठमाडौं । संसदीय समितिबाट प्रस्तावित तीनै जना राजदुतको नाम अनुमोदन गरिएको छ ।
गत असोज १६ गते मन्त्रिपरिषदको बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइ समितिका अनुसार खतिवडाविरुद्ध ३ वटा र रेग्मीविरुद्ध एउटा उजुरी तोकिएको समयभित्र परेका थिए । अर्को एउटा उजुरी मिति गुज्रिएपछि आएको थियो ।
उजुरीकर्ता नै सम्पर्कमा नआएपछि सुनुवाइ समितिले यही कात्तिक ४ गते गोरखापत्रमा सार्वजनिक सूचना नै जारी गरेर सम्पर्कमा आउन भनेको थियो ।
बिहीबार समितिको बैठकमा पनि उजुरीकर्ता सम्पर्कमा नआएपछि बिहीबारको बैठकले उनीहरुको नाम अनुमोदन गरेको हो ।







