कात्तिक २९, काठमाडौं ।
डेलवेअर राज्यबाट निर्वाचनमा विजयी भएपछि सारा म्याक्ब्राइड संयुक्त राज्य अमेरिकाको पहिलो परलिङ्गी सिनेटर बन्ने भएकी छन् ।
रिपब्लिकन स्टीभ वाशिङ्टनलाई हराउँदै डेमोक्रेटिक ह्यारिस म्याक्डोवेलको ठाउँमबाट उनी निर्वाचित भएकी हुन् ।
तीस वर्षीया म्याक्ब्राइडले एलजीबीटी अधिकारको पक्षमा वकालत गर्ने ह्यूमन राइट्स क्याम्पेनमा प्रेस सचिवको रूपमा काम गरेकी छन् ।
उनले ओबामा कार्यकालमा ह्वाइटहाउसमा प्रशिक्षार्थीका रूपमा पनि काम गरेकी थिइन् ।
उनी देशकै सबैभन्दा उच्च पदमा पुग्ने परलिङ्गी बनेकी छन् । (बिबिसी)







