ट्रम्पले ह्वाइटहाउसमा मनाए दिवाली, बाइडेनसहित विश्वका अन्य नेताले पनि दिए शुभकामना

कात्तिक ३०, काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दुहरुको पर्व दिपावलीको अवसरमा शुभकामना दिएका छन् ।

राष्ट्रपति ट्रम्पले दिपावलीका अवसरमा शुभकामना दिँदै अमेरकी राष्ट्रपति भवनमा दीप जलाएर दिपावली समेत मनाएका छन् । ट्रम्पले आफुले दीप जलाइरहेको तस्बिर सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्दै ‘ह्यापी दिपावली’ भनेका छन् ।

त्यस्तै अमेरिकाकै नवनिर्वाचित राष्ट्रपति वो बाइडेनले पनि दिपावलीको शुभकामना दिएका छन् । उता, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र प्रिन्स चाल्र्सले पनि दिपावलीको शुभकामना दिएका छन् ।

बेलायतका प्रधानमन्त्री जोनसले ब्रिटिश हिन्दु, शिख र जैन धर्माबलम्बीहरुलाई दिपावलीको एकमुष्ट शुभकामना दिएका छन् । त्यस्तै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ लगायतका नेताहरुले पनि दिपावलीको शुभकामना दिएका छन् ।