मंसिर १, काठमाडौं ।
भारतको बिहार राज्यको मुख्यमन्त्रीका रुपमा नितिश कुमारले सोमबार शपथ लिने जनाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनले आज साढे ४ बजे शपथ ग्रहण गर्दैछन् ।
उनी लगातार चौथो पटक मुख्यमन्त्रीको जिम्मेवारीमा हुनेछन् । बिहारमा चार दलको गठबन्धनले उनलाई आफ्नो नेता छानेको हो ।
उपमुख्यमन्त्रीको पनि शपथ आजै हुने बताइएको छ । यद्यपि उक्त पदमा को जाने हो, अझै स्पष्ट छैन । आजै संसदीय दलका नेता र उपनेता पनि छानिइसकेका छन् ।







