मंसिर १, पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चाडपर्वले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने तथा समाजमा शान्ति एवं स्थायित्वका साथ मुलुकमा सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल हुने विश्वास व्यक्त गरेका छन् ।
नेपाल संवत् ११४१ तथा नेवार समुदायको पर्व म्हः पूजाको अवसरमा आज एक शुभकामना सन्देशमार्पmत उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
शुभकामना सन्देशमा उनले समाज सुधारक एवं नेपाल संवत्का प्रवर्तक साख्वाप्रति उच्च सम्मान प्रकट गरेका छन् । ‘लामो समयदेखि हामी कोभिड–१९ को कहरसँग जुधिरहेको भन्दै उनले विश्वव्यापी महामारीका कारण यसपालिका उत्सव तथा चाडपर्वहरु परिवारका सदस्यबाहेक अन्यसँग भेटघाट कम गर्न र सरकारले घोषणा गरेका जनस्वास्थ्यका मापदण्डको पालन गर्न अनुरोध गरेका छन् । (रासस)







