मंसिर २, काठमाडौं ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले डोनाल्ट ट्रम्पले नयाँ सरकारलाई रोक्ने कार्य गरिरहे ‘मान्छेहरूको मृत्यु हुनसक्ने’ भन्दै चेतावनी दिएका छन् ।
बाइडेनले डेलावेयरमा कोरोना महामारी रोक्नका निम्ति सामञ्जस्य आवश्यक रहेको समेत बताए । उनले फेरि पनि ट्रम्पले हार स्वीकार नगर्नुलाई लज्जास्पद भनेका छन् ।
४ नोभेम्बरमा भएको चुनावमा जो बाइडनले इलेक्टोरल कलेजको ३ सय ६ भोट ल्याएका छन् । जीतका लागि २ सय ७० मतको आवश्यकता पर्छ ।
यता ट्रम्पले भने सोमबार बिहानै ‘चुनाव मैले जितेको छु’ भनेर ट्वीट गरेका थिए । यसमाथि ट्वीटरले फेरि एकपल्ट चेतावनी जारी गरेको थियो ।







