नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ११ हजार ४७५ पुग्यो

संक्रमण मुक्त हुनेको संख्या २ हजार ८७८

मंसिर, २ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा बितेका २४ घण्टामा ५०२ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ८७८ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ रहेको छ ।

अहिलेसम्म नेपालमा १६लाख १७ हजार २३ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।