मंसिर ५, मकवानपुर ।
मकवानपुरमा शव भेटिएकी ४ वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको देखिएको छ । उनकै नातेदारले सो अपराध गरेकोसमेत प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बागमती गाउँपालिका– ७ कि बालिकालाई बुधबार गाउँमा पूजा रहेको समयमा फकाई नजिकैको पुलमुनि लगेर बलात्कार गरेपछि हत्या गरेको पक्राउ परेकाले बयान दिएका छन् । हत्या आरोपमा पक्राउ परेका १६ बर्षका साजन भोलनले हत्या गरेको स्वीकार गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
भोलनले प्रहरी आफूले बालिकाको बलात्कारपछि हत्या गरेको बयान दिएका छन् । उनले बालिकाको टाउकोमा दुई पटक ढुङ्गाले हानेर हत्या गरेको बताएको प्रहरीले जनाएको छ ।
मकवानपुरका प्रहरी उपरिक्षक सुशीलसिंह राठौरले प्रारम्भिक चरणको अनुसन्धान सकिएपछि कागजी प्रक्रिया सुरु गरेको बताए ।
बालिकाको शव घर नजिकै बगरमा फेला परेको थियो ।







