मंसिर ७, काठमाडौं ।
ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक एवं वरिष्ठ सर्जन डा. ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट निधन भएको छ ।
शर्माको ७७ वर्षको उमेर शनिबार अपराह्न ओम अस्पतालमा मृत्यु भएको हो । उनी १५ दिनयता संक्रमणसँग जुधिरहेका थिए ।
अस्पतालका अनुसार उनलाई कडा निमोनिया भएको थियो र आईसीयूमा राखेर उपचार गरिएको थियो ।
तत्कालीन राजा वीरेन्द्र शाहको पालामा शाही चिकित्सकको भूमिका निभाएका उनले वीर अस्पतालमा निर्देशकका रुपमा समेत काम गरेका थिए ।
एक साता अघि दुई जना अन्य चिकित्सकको पनि कोरोनाका कारण निधन भएको थियो ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवम वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनिल झा र नेपाल बर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष नारायण बहादुर थापाले कोरोनाका कारण ज्यान गुमाउनुपरेको थियो ।







