देशभर थप १६६९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमण मुक्त हुनेको संख्या ५६९९

सक्रिय संक्रमितको संख्या १९ हजार ९ सय ६३

मंसिर, ७ काठमाडौं । पछिल्लो विवरण अनुसार बितेका २४ घण्टामा नेपालमा १६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय ८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ हजार ६ सय ९९ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार ९ सय ६३ रहेको छ ।

अहिलेसम्म नेपालमा १६ लाख ६० हजार ७५ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।