मंसिर, ८ काठमाडौं । विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख ९३ हजार १ सय ९२ पुगेको छ । पछिल्लो विवरण अनुसार विश्वमा एकैदिन ७ हजार ३ सय ७४ जनाको मृत्यु भएको हो ।
संक्रमणबाट सबै भन्दा धेरै अमेरिकाका मानिसहरुको मृत्यु भएको छ ।
अमेरिकामा एकैदिन ८ सय ६३ जना संक्रमितको मृत्यु भएसँगै कुल २ लाख ६२ हजार ६ सय ९३ जना संक्रमितको मृत्यु भएको छ ।
भारतमा एकैदिन ५ सय १० जना संक्रमितको मृत्युसँगै त्यहाँ १ लाख ३३ हजार ७ सय ७३ जना संक्रमितको मृत्यु भएको छ ।






