नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार नाघ्यो

बितेका २४ घण्टामा थप १९८० जनामा कोरोना संक्रमण पुष्टि

मंसिर, ८ काठमाडौं । नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९८० जनामा कोरोना संक्रमण पुष्टिसँगै संक्रमितको संख्या त्यति पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३३७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ४३ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ । अहिलेसम्म नेपालमा १६ लाख ७० हजार ४५६ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।