मंसिर १५, नुवाकोट ।
गत कात्तिक १८ गतेदेखि हराएका तारकेश्वर गाउँपालिका–४ बुधसिंहका केशरबहादुर तिमिल्सिनाको शव भेटिएको छ ।
सतासी वर्षीय तिमिल्सिनालाई तारकेश्वर गाउँपालिका–१ को तीनखोल्से पाखामा मृतावस्थामा भेटिएका हुन् । उनको केही दिन अघि नै ज्यान गएको जस्तो देखिएको छ ।
प्रहरीका अनुसार उनको शव सडेगलेको अवस्थामा आइतबार साँझ भेटिएको हो । जङ्गल जाने क्रममा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
परीक्षणका क्रममा चार साताअघि हराएका तिमिल्सिनाको शव भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पण्डितले जानकारी दिए । (रासस)







