मंसिर १६, काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा हिराचन निर्वाचित भएका हुन् ।
उनले ४० मत पाएका थिए । उनी किशोरकुमार प्रधान समूहबाट वस्तुगत सदस्यमा चुनाब लडेका थिए । उनी नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष हुन् ।
उनका प्रतिस्पर्धी डीबी बस्नेत थिए । उनले ३१ मत पाएका थिए ।







