मंसिर १६, काठमाडौं ।
होटल र रेस्टुरेन्ट संचालनमा नआउँदा खाना पकाउने ग्यास(एलपीजी)को बिक्री अझै पूर्ववत अवस्थामा आउन सकेको छैन । नेपाल ग्यास उद्योग संघका अनुसार ग्यास बिक्री अहिले पनि ८५ प्रतिशतको हाराहारीमा भइरहेको छ ।
संघका उपाध्यक्ष मनोज दासका अनुसार होटल र रेष्टुरेन्ट पूर्ण रुपमा नचल्दा ग्यास बिक्री अझै पूरानै अवस्थामा आएको छैन । उनका अनुसार गत वर्षको जाडोमा ४५ हजार टन ग्यास बिक्री भएकोमा अहिले ३८ हजार टनको हाराहारीमा मात्रै भइरहेको छ ।
‘होटल, रेष्टुरेन्ट र पार्टी प्यालेसको व्यापार छैन । त्यहाँ व्यापार नहुने वित्तिकै ग्यासको व्यापार स्वभाविक रुपमा घट्छ,’ दासले भने ।
नेपालमा ५८ वटा ग्यास बोटलिङ प्लान्ट छ । वीरगंज–पथलैया औद्योगिक कोरिडोरमा मनोज, बारा, अम्बर, सुपर, एनएल गरी ५ वटा ग्यास उद्योग सञ्चालनमा छन् ।







