बुढानीलकण्ठमा एक जनामाथि खुकुरी प्रहार

मंसिर १६, काठमाडौं ।
श्रीमतीसँग रक्सी खाएको भेटेपछि बुढानीलकण्ठमा एक व्यक्तिमाथि खुकुरी प्रहार भएको छ ।

घटनामा सिन्धुपाल्चोकको चौतारा–४ घर भइ बुढानिलकण्ठ नगरपालिका–५ बस्दै आएका ३५ वर्षीय राजकुमार तामाङ गम्भीर घाइते भएका छन् ।

बाँसबारी अस्पतालमा प्रारम्भिक उपचारपछि सोमबार उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज भर्ना गरिएको छ ।

तामाङलाई खुकुरी प्रहार गर्ने बुढानीलकण्ठ –३, नयाँ चोक बस्ने ४८ वर्षीय विष्णु तिवारी महानगरीय प्रहरी प्रभाग, बुढानीलकण्ठले आइतबार दिउँसो पक्राउ गरेको छ ।

तिवारीमाथि म्याद थप गरेर विस्तृत अनुसन्धान महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले गरिरहेको छ । घटना भएका दुवै जनाले मादक पदार्थ सेवन गरेका थिए । दुवै जना मजदुर हुन् ।