सुरक्षा थ्रेट हुने भन्दै नेकपाको बैठक बालुवाटारमै बोलाइयो

मंसिर, १६ काठमाडौं । धुम्बाराहीमा बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवल बैठम बालुवाटारमानै बस्ने भएको छ ।

तर मंगलबार विहान महासचिव विष्णु पौडेलले सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै बस्ने सूचना नेताहरुलाई दिएका छन् ।

धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट हुने गृह मन्त्रालयको रिर्पोटिङ रहेको भन्दै बालुवाटारमै बैठक बोलाइएको नेकपा उच्च स्रोतको दाबी छ ।

शनिबार बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ३७ पृष्ठको प्रस्ताव पेश गरेका थिए ।