बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु

मंसिर, १६ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका राजनीतिक प्रस्तावमाथि छलफल गर्न बैठक सुरु भएको हो ।

यसअघि कात्तिक २८ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९ पेजको राजनीतिक प्रस्ताव पेश गरेका थिए। मंसिर १३ गते बसेको बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले ३८ पेजको जवाफी प्रस्ताव पेश गरेका थिए।

यसअघि धुम्बाराहीमा बैठक बस्ने भनिएको भएपनि सुरक्षा थ्रेट रहेको भन्दै बैठक बालुवाटारमा राखिएको हो।