मंसिर, १६ झापा । झापामा एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
कोरोना संक्रमण भएपछि घरमै होम आइसोलेसनमा बसेकी महिलाको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन् ।
तर, स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि ३६ वर्षीया महिलालाई विराटनगर लैजाने क्रममा मंगलबार दिउँसो बाटोमै मृत्यु भएको हो ।
उनको सोमबार कोरोना जाँच गर्दा महिलालाई कोरोना पोजेटिभ देखिएको थियो ।







