मंसिर, १६ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । अध्यक्षद्वयको प्रस्तावमाथिको छलफल आज नसकिएपछि बैठक भोली १ बजे बस्नेगरी सकिएको छ ।
दुई प्रस्तावका विषयमा औषचारिक अनौपचारिक छलफल बाँकी रहेकोले बैठकमा औपचारिक रुपमा अगाडी बढाउने र अनौपचारिक रुपमा पनि छलफल अघि बढाउन उपयुक्त हुन्छ भनेर नेताहरुबीचमा छलफल अघि बढाईने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
आजको बैठकमा प्रचण्ड ओली दुई अध्यक्षले धारणा राखेको र अन्य सदस्यले केही कुराहरु राखेको उनले बताए ।
उनका अनुसार “प्रस्ताव र प्रस्तावसँगै पार्टीको संकटको चुरो कारण र त्यसको समाधान वा निकासका विषयमा केन्द्रित भएर छलफल गर्ने काम बाँकी छ ।”
त्यस्तै बैठक पश्चात साझा प्रस्तावका विषयमा के कुराकानी भयो भनेर पत्रकारको प्रश्नमा उनले भने, “त्यो कुरा बैठकमा छलफल भइसकेपछि नै निस्कने निष्कर्ष हो । अहिले त्यसबारे निष्कर्ष निकाल्ने विषयमा कुरा भइसकेको छैन । पार्टी एकतालाई रक्षा गर्दै पार्टीमा देखा परेका समस्याको कारणको पहिचान गर्दै त्यो दिशातिर गरी छलफल अघि बढाउने हाम्रो प्रयास जारी छ । औपचारिक र अनौपचारिक छलफलले निष्कर्ष दिनेछ ।”







