मंसिर, १७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । तोकिएको समयभन्दा आधा घण्टा ढिला गरि बेठक सुरु भएको हो ।
बैठक आज १ बजेको लागि बोलाइएको थियो । भने अन्तिम अवस्थामा दुई बजेसम्मका लागि बैठक सारिएको थियो ।
आजको बैठकमा अध्यक्षद्वयले सचिवालयमा राखेका छुट्टा छुट्टै राजनीतिक प्रस्तावका विषयमा छलफल हुने बताइएको छ ।
गत कार्तिक २८ गतेको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीमाथि संगिन आरोप लगाउँदै एकल प्रस्ताव पेश गरेका थिए । त्यसको प्रतिउत्तरस्वरुप मंसिर १३ गते बसेको बैठकमा अध्यक्ष ओलीले प्रस्ताव पेश गरेका थिए ।
मंगलवार बसेको बैठकमा दुवै प्रस्तावको विषयमा छलफल गरिएको थियो । त्यसैको निरन्तरता स्वरुप आजको बैठक बस्न लागेको हो ।
बैठकअघि दुवै अध्यक्ष ओली र प्रचण्डले आफू निकटका नेताहरुसँग छलफल गरेका छन् । ओलीले आफू निकटका नेताहरुसँग सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको थियो ।
त्यस्तै प्रचण्डले आफ्नो निवास खुमलटारमा वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमसँग रणनीतिक छलफल गरेका थिए ।







