मंसिर १८, काठमाडौं ।
सिंगापुरका मानिसले अब जनावर नमारी मासु खान पाउनेछन् । बिबिसीमा प्रकाशित रिपोर्टका अनुसार त्यहाँको सरकारले ‘क्लिन मिट’ बनाउन र विक्रि वितरण गर्न अनुमति दिएको छ ।
सिंगापुर यसरी अनुमति दिने पहिलो देशसमेत बनेको छ । त्यहाँको एक कम्पनीले प्रयोगशालामा कुखुराको मासु तयार गरेर बेच्न तयारी गरिरहेको छ ।
सुरुमा यी मासु नगेट्सको रुपमा पाइनेछ । तर कम्पनीले यो कहिलेदेखि उपलब्ध हुन्छ भनेर जानकारी भने दिइएको छैन । स्वास्थ्य, पर्यावरण र जनावरको चिन्ताका कारण जनावरको मासुको विकल्पको माग बढिरहेको छ ।
फाइनेन्सियल सर्भिस कम्पनी बार्कलीका अनुसार वैकल्पिक मासुको बजार अर्को दशकमा १ सय ४० अर्ब डलरको हुनसक्छ । अर्थात्, यो १.४ ट्रिलियन डलरको मासु उद्योगको १० प्रतिशत हिस्सा हुनेछ । सुपरमार्केट र रेष्टुरेन्टको मेन्यूमा ‘बिअन्ड मिट’का साथै असम्भव खाना जस्तै ‘प्लान्ट बेस्ट मिट’ उत्पादकको मासुको माग बढेको छ ।
पलान्ट बेस्ड मिट भन्नाले यस्तो मासु हो जसमा जनावर मारिँदैन बल्की मासु बनाइन्छ । यो मासु जस्तै हुन्छ र स्वाद पनि त्यस्तै हुन्छ ।
तर सिंगापुरको एक कम्पनीले भने ‘प्लान्ट बेस्ड’ नभइ जनावरको मांसपेशीको कोषिकाबाट प्रयोगशालामा तयार गरिनेछ । तर, प्लान्ट बेस्ट मासु उत्पादनको तुलनामा प्रयोगशालामा तयार गरिएको मासु असाध्यै महँगो हुनेछ ।
उक्त कम्पनीका अनुसार विश्वव्यापी खाद्य उद्योगका लागि यो एक महत्वपूर्ण खोज भन्दै कि अन्य देशले पनि सिंगापुरजस्तै मञ्जुरी दिने आशा व्यक्त गरेको छ ।
इजराइलस्थित फ्यूचर मिट टेक्नोलोजी र बिल गेट्ससँग जोडिएको कम्पनी ‘मेमफिश मिट्स’ पनि प्रयोगशालामा बनेको मासु बजारमा भित्र्याउने कोसिस गरिरहेका छन् । उनीहरुका अनुसार यस्ता उत्पादन मानिसहरुको गोजीका लागि भारी नपर्ने र स्वादको मामिलामा पनि अब्बल हुनेछ ।
सिंगापुरको कम्पनी शिओक मिट्स प्रयोगशालामा जनावरको मासु बनाउने काम गरिरहेको छ ।
थुप्रै मानिसहरुले यसले पर्यावरणमा फाइदा पुर्याउने बताएका छन् तर केही वैज्ञानिकले भने विशेष परिस्थितीमा यो जलवायु परिवर्तनका लागि घातक हुने बताएका छन् ।







