मंसिर, १८ काठमाडौं । आफूले दिएको निर्देशन कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयले ३ दिनभित्र कोरोना बीमा भुक्तानीको लागि पुन निर्देशन दिएको छ ।
यसअघि कात्तिक १८ गते मन्त्रालयमा बसेको बैठकले एक हप्ताभित्र बीमा दाबी भुक्तानी गर्ने निर्देशन दिएको थियो । मन्त्रालयले हालसम्म न्यून संख्यामा मात्र भुक्तानी भएको, दैनिक प्रगति प्रतिवेदन नियमितरुपमा मन्त्रालयमा प्राप्त नभएको बताएको छ । अझै १३ हजार भन्दा धेरैको कोरोना बिमाको रकम भुक्तानी हुन बाँकी रहेको उल्लेख छ ।
मन्त्रालयले देशभरिको बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिलाई हाल कुन कुन बीमा कम्पनीमा कति संख्यामा दाबी परेको छ सोको विवरण समेत पठाउन भन्दै अर्थसमस्या समाधानका लागि समितिबाट के कति प्रयास भइरहेको छ र मन्त्रालयमा सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के के हुन् भन्दै त्यसको विस्तृत विवरण पठाउन समेत भनेको छ ।







