कँडेललाई सचिवमा बढुवा गर्ने मन्त्रीपरिषदको निर्णय

मंसिर १९, काठमाडौं ।
सरकारले सहसचिव प्रेम नारायण कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कँडेललाई बढुवा गर्ने निर्णय गरेको थियो ।

यस अघि वन मन्त्रालयमा रहेका उनी सचिवमा बढुवा भएसँगै कृषि मन्त्रालय अन्तरगर्त पशुपक्षीतर्फ सचिवमा पदस्थापन भएका छन् ।