नामिबियाका पूर्वराष्ट्रपति नुजोमामा कोरोना संक्रमण

मंसिर २३, काठमाडौं ।
नामिबियाका संस्थापक राष्ट्रपति साम नुजोमा सोमबार कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

बर्तमान राष्ट्रपति हेज गेइन्गोबले उनलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिएका हुन् । ‘उहाँ सङ्क्रमित भएको खबरले दुःख लागेको छ, म उहाँको शीघ्र स्वास्थ लाभको कामना गर्दछु,’ राष्ट्रपति हेजले भनेका छन् ।

संस्थापक राष्ट्रपति नुजोमालाई आइतबार अस्पताल भर्ना गरिएको र कोरोना परीक्षण गर्दा सङ्क्रमण देखिएको पनि उनले उल्लेख गरेका छन् । उनको अवस्था स्थिर रहेको र सुधार हुँदै जाने लक्षणहरु देखिएको पनि राष्ट्रपति हेजले जानकारी दिएका छन् ।

उनले संस्थापक राष्ट्रपति नुजोमाको स्वास्थ्य अवस्थाका बारेमा निरन्तर जानकारी गराइने पनि स्पष्ट पारे ।

संस्थापक राष्ट्रपति नुजोमा सन् १९९० देखि २००५ सम्म नामिबियाको नेतृत्व गरेका थिए ।