भोलिबाट अमेरिकामा खोप अभियान सुरु हुँदै

मंसिर २८, काठमाडौंं ।
अमेरिकी जनताले सोमबारदेखि फाइजर÷एनबायोएनटेक कोरोना भ्याक्सिन पाउने भएका छन् ।

बिबिसीमा प्रकाशित रिपोर्टका अनुसार भ्याक्सिनको पहिलो तीस लाख डोज चाँडै नै सबै राज्यमा पुर्याइनेछ ।

फाइजर÷बायोएनटेक भ्याक्सिन, कोरोनाभाइरसविरुद्ध ९५ प्रतिशतसम्म प्रभावकारी छ र त्यहाँको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले यसलाई सुरक्षित बताएको छ ।

एफडीएका अनुसार कोरोना संकटबीच यसले प्रयोगका लागि अनुमति पाउनु निकै महत्वपूर्ण हो ।

एफडीएमाथि ठूलो दबाब थियो जसका कारण शुक्रबार फाइजर÷बायोएनटेक कोरोना भ्याक्सिनको प्रयोगका लागि आपतकालीन स्वीकृति दिनु परेको थियो ।

अधिकारीले कोरोनाभाइरसलाई मात दिने यो भ्याक्सिनलाई सुरक्षित तरिकाले सबै राज्यमा पुर्याइने आशा व्यक्त गरेका छन् ।