नालायक सरकार मुर्दावाद ! : गगन थापा

मंसिर, २९ कैलाली । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान सरकारलाई नालायक सरकारको सज्ञा दिएका छन् ।

सरकारविरुद् देशव्यापीरुपमा गरेको शक्ति प्रदर्शन गरिरहेको अन्तर्गत सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा विरोध सभालाई सम्बोधन गर्दै थापाले केपी ओली नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा सिन्को पनि नभाँचेको आरोप लगाएका छन् ।

नेता थापाले ७ वटामध्ये ६ वटामा प्रदेश सरकार, ४ सयभन्दा बढी स्थानीय सरकार भए पनि सर्वसत्तावादी सरकारले जनताको पक्षमा सिन्को पनि नभाँचेको बताए। विरोध सभालाई सम्बोधन गर्दै भने ,‘सरकार शक्तिशाली छ, तर जनतालाई शक्तिशाली बनाउन एउटा पनि काम गर्न सकेको छैन, यस्तो नालायक सरकार मुर्दावाद।’

सरकारले कहिल्यै पूरा नहुने कुरामा देश र जनतालाई झुक्याउने गरेको पनि बताए। नेता थापाले भने, ‘कहिले पूरा नहुने कुरामा देश र जनतालाई झुक्याउँछ। यस्तो हावादारी सरकार मुर्दाबाद।’

तस्वीरः फाइल