३२ जेठ, काठमाडौं । आइतबार नेपाल राष्ट्रिय व्यवसायी महासंघले गृहमन्त्री रामबहादुर थापा मार्फत नेपाल सरकारलाई कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
महासंघका उपाध्यक्ष मनोज बाबु श्रेष्ठका अनुसार पीपीई सुट ५० थान, थर्मल गन ५० थान, चश्मा ५० थान, सुज कभर ५० थान, एएस ९५ माक्स एक हजार थान, सर्जिकल माक्स, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
वरिष्ठ उपाध्यक्ष कुमार कार्कीले चीनबाट आएको ठूलो परिमाणको सामाग्रीहरु केरुङ नाकामा अड्किएको भन्दै छुटाइदिन आग्रह गरे । उनले डिसेम्बर महिनादेखि नाकामा सामाग्री अड्किदा व्यवसायीहरु समस्यामा परेको बताए ।
कोरोना महामारीमा थोरै भए पनि राज्यलाई सहयोग होस् भनेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको महासंघले बताएको छ ।







