आयुष वचाउँ अभियानद्वारा आर्थिक सहयोगको लागी अपिल

पुस , २ अर्घाखाँची अर्घाखाँचीको भुमिकास्थान ०९ सानाडेभा स्थायी घर भई आदर्श माध्यमिक विद्यालय स.न.पा ७ खाँचिकाेट कक्षा १ मा अध्यनरत ४ वर्षिय अबोध दुधेवालक आयुष रायमाझी(व्लड क्यान्सर)जस्तो घातक रोगसँग लडिरहेका छन्।

हाल उनको नयाँ दिल्लीको अल इन्डिया मेडिकल (एम्स)अस्पतालमा उपचार भइरहेको छ। निजको उपचारका लागी ठुलो आर्थिक खर्च लाग्ने भएको र घरपरिवारको आर्थिक अवस्था अत्यन्त नाजुक भएको हुँदा उक्त अवोध बालकको जिवन रक्षाको लागी आज देखी “आयुश वचाउँ अभियान” सञ्चालन गरिएको छ।

सबैले आफू सक्दो आर्थिक सहयोग गरी आयुषको जीवन रक्षा गरिदिनु हुन सम्पुर्ण क्रियाशिल संघसंस्था तथा समस्त नेपाली जनसमुदायहरुलाई अर्घाखाँचीबुलेटिन परिवार हार्दिक अनुरोध गर्दछौं।

सहयोगका लागि सम्पर्कहरु:

नेपाल -सुरज रायमाझी 9847284777
नेपाल -डिल्ली थापा 9857061139
कुवेत -खुम बहादुर रायमाझी 97224908
भारत -कमल रायमाझी 9821237643

खाता न. HDFC Bank ac no 50100034987607
र नेपालमा कृष्ण कुमारी थापाको खाता नं. राष्ट्रीय बाणिज्य बैंक सन्धिखर्क बचत हि. नं.१३६०१/१३४- मा अार्थिक सहयोग जम्मा गर्न सक्नुहुनेछ।