विवादित अध्यादेश फिर्ता नहुँदै ओलीले संवैधानिक परिषद्को बैठक

मन्त्रिपरिषद्को बैठक पनि आजै साँझ ७ बजेका लागि बोलाइयो

पुष, २ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक आज साझ ५ बजेका लागि बोलाएका छन् ।

विवादित अध्यादेश फिर्ता नहुँदै ओलीले संवैधानिक परिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि मंगलबार बिहान बोलाएको संवैधानिक परिषदको बैठक सभामुख अग्‍निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो।

सभामुख अनुपस्थित भएपछि उनी बिनै बैठक बस्न मिल्ने गरि प्रधानमन्त्री अ‍ोलीले अध्यादेश ल्याएका थिए।

प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद्को बैठक साँझ ७ बजेका लागि बोलाएका छन् । सो बैठकले अध्यादेश फिर्ता गर्नेबारे निर्णय गर्ने बताइएको छ।

अध्यादेश फिर्ताको सूचना राष्ट्रपति कार्यालयबाट नआएका बेला प्रधानमन्त्री ओलीले बैठक बोलाएपछि शंकाका दृष्टिले हेरिएको छ । बैठक बोलाउनुको कारण पनि खुलाइएको छैन ।

अध्यादेश फिर्ता नहुँदै बैठक बोलाउनुलाई अर्थपूर्ण छ ।

विपक्षी दलका नेता शेरबहादुर देउवालाई साँझ ५ बजे बैठकमा बोलाइएको बताइएको छ । देउवा भने बैठकमा नजाने स्रोतको भनाई छ ।