संवैधानिक परिषद्को बैठक स्थगित

पुष, २ काठमाडौं । आज ५ बजेका लागि बोलाईएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएसँगै बालुवाटार पुगेर नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपत्ति जनाएपछि ओलीले बैठक स्थगित गरेका हुन् ।

मंगलवार सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रधानमन्त्री ओलीले फिर्ता लिएपनि पुनः बैठक बोलाएपछि नेकपाभित्र तरंग पैदा भएको थियो ।