देशभर थपिए ७७६ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु

संक्रमितको संख्या ९ हजार ५८०

पुष, २ काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ७४९ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ५८० रहेको छ ।

अहिलेसम्म नेपालमा १८ लाख ५५ हजार ७२४ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।