पुस ,०३ काठमाडौँ । संसद्को सार्वजनिक लेखा समितिले स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकालेको छ । शुक्रबार बसेको समितिको बैठकले स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकालेको हो । साथै समितिले अनियमिततामा संलग्न पदाधिकारीमाथि छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ ।
स्वास्थ्य सेवा विभाग र ओम्नी ग्रुपबीच १२ चैत २०७६ मा १ अर्ब ३ करोडको स्वास्थ्य सामाग्री ल्याउने सहमति भएको थियो । त्यसपछि ओम्नीले २८ करोडको सामाग्री मात्रै ल्याएको र सामान ल्याउन नसक्ने भएपछि खरिद प्रक्रिया रद्द गरेर धरौटीसमेत जफत गरिएको थियो। आजको बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि सहभागी रहेका थिए ।
उनले आफ्नो नियत खराब नभएको भन्दै अनियमितितामा संलग्नलाई कारबाहीका लागि आफ्नो पनि साथ रहने बताएका छन् । उनले हाहाकार भएकाले तत्काल सामग्री मगाउनु परेको तर, ओम्नीलाई सरकारले एक पैसा नै नदिएको कारण भ्रष्टाचार कसरी भयो भनेर उल्टै प्रश्न गरेका थिए ।







