पुष, ३ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १०२९ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ रहेको छ ।







