पुस ,०४ काठमाडौ ।प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज खुमलटारमा भेटवार्ता भएको छ।
पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको भेटवार्तामा दुई अध्यक्षबीच पार्टीभित्र उत्पन्न विवाद समाधानका विषयमा कुराकानी भएको स्रोतले बताएको छ ।
बैठकमा आधा घण्टापछि वामदेव गौतम पनि सहभागी भएका थिए। दुई अध्यक्षबीच पार्टीभित्र उत्पन्न विवाद समाधानमा केन्द्रीत रहेर कुराकानी भएको छसाथै अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि भएको आशा गर्ने सकिन्छ ।
यसअघि प्रधानमन्त्री ओली र प्रचण्डबीच शुक्रबार साँझ बालुवाटारमा भेटवार्ता भएको थियो। सो भेटमा प्रचण्डले ओलीलाई खुमलटार डाकेका थिए । पछिल्लो ६ महिनादेखि पार्टीको विवाद निकै बढेको छ ।







