पुस ,०४ काठमाडौ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति एवं पूर्वउपप्रधानमन्त्री भीम रावलले प्रधानमन्त्री ओली पनि प्रचण्ड निवास पुगेकोमा प्रसङ्ग निकाल्दै सहमतिका लागि प्रयास गर्नु राम्रो भएको बताएका छन्। रावलले ट्वीट गर्दै आफूहरु खुमलटार जाँदा प्रचण्डको पुच्छर भएको भन्ने ओलीले अब के गर्छन् भन्ने प्रश्न पनि गरेका छन्।
रावलले लेखेका छन् – बिहान प्रम केपी ओलीजी, प्रचण्डजीसँग कुरा गर्न खुमलटार जानुभएछ। वामदेवजीको उपस्थितमा मिलौं भन्नुभएछ। हामीले खुमलटारमा प्रचण्डजीसँग भेट्दा बुर्ल्लुक उफ्रिदै पुच्छर भए भन्नेहरू अब त चुप लाग्छन् कि ? नेताहरूबीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो। सहमति नभए विधिबाट समाधान खोज्नुपर्छ।
यसअघि प्रधानमन्त्री ओली प्रचण्ड निवास खुमलटारलाई गुटको मुख्यालय भन्दै खुमलटार जानेहरुलाई पुच्छरको संज्ञा दिएका थिए। रावलले ओली र उनीसर्मथक नेताहरुप्रति कटाक्ष गर्दै ओली नै खुमलटार पुगेपछि त अरुलाई पुच्छर नभन्लान् नि भन्दै व्यंग गरेका हुन्।







